कैलालीमा १५ वर्षपछि फरार कैदी पक्राउ

कैलालीमा १५ वर्षपछि फरार कैदी पक्राउ

कैलाली : कैलालीको भजनी नगरपालिकाका फरार अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलालीको दिलबहादुर साउदलाई पक्राउ गरेको हो ।

एक्काइस वर्ष छ महीना कैद सजाय पाएर कारागारबाट विसं २०६१ देखि फरार रहेका साउदलाई आईतबारपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताएका छन् । साउदले विसं २०५५ फागुनमा साविकको लालबोझी गाउँपालिकाका रतन साउदको हत्या गरेका थिए ।

अदालतको फैसलापछि दिलबहादुरलाई विसं २०६० मा पक्राउ गरी कारागार चलान गरिएको थियो । तत्कालीन नेकपा माओवादी०ले विसं २०६१ मा राति गरेको कैलाली कारागार आक्रमणका क्रममा उनी फरार भएका थिए ।