सुनसरीमा कुखुराको खोरमा गाडेर राखेको नौ हजार गोली बरामद

सुनसरीमा कुखुराको खोरमा गाडेर राखेको नौ हजार गोली बरामद

सुनसरी : सुनसरीको बराह क्षेत्रमा एसएलआर हतियारसहित ठूलो मात्रामा गोली फेला परेको छ। सुनसरी प्रहरीले छापा मार्दा कुखुराको खोरमा गाडेर राखेको अवस्थामा नौहजार थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

गोली र हतियार जमिनमुनि राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त हतियार र गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताएका छन्। घटनास्थलमा बरामत गरिएको हतियारबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख पोख्रेलले बताए। ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको पोखरेलले जानकारी दिए ।