बाराका गाउँपालिका अध्यक्ष सवारी ज्यान मुद्दामा पक्राउ

बाराका गाउँपालिका अध्यक्ष सवारी ज्यान मुद्दामा पक्राउ

बारा : बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत सवारी ज्यान मुद्दामा पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका राउतलाई आइतवार पक्राउ गरिएको बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बिकासराज खनालले जानकारी दिएका छन्।

जिल्ला अदालत बाराले २०६३ साल भदौ २९ गते सवारी ज्यानमुद्दामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। त्यही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको खनालले जानकारी दिएका छन्।