कोरोना खोप दिइने व्यक्तिको नाम संकलन गर्न सुरु

कोरोना खोप दिइने व्यक्तिको नाम संकलन गर्न सुरु

काठमाडौं ।  कोरोनाविरुद्धको खोप ल्याउने टुंगो लाग्न बाँकी भए पनि सरकारले पहिलो चरणमा खोप लगाउनुपर्ने व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ । सरकारले पहिलो चरणमा आफू संक्रमित भइ अरुलाई समेत सार्न सक्ने जोखिम क्षेत्रमा कार्यरतलाई खोप दिने तयारी गरेको छ ।

खोपका लागि स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने ९ लाख जनालाई प्राथमिकता दिइने भएको छ । विभागले नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, स्वास्थ्य व्यवसायी परिषद्, आयुर्वेद काउन्सिल र फार्मेसी काउन्सिललाई पत्राचार गरेर त्यहाँ दर्ता भएका स्वास्थ्यकर्मीको विवरण मागेको छ ।

मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले दर्ता भएका डाक्टरहरुको विवरण चाँडै विधागमा पठाउने बताए । काउन्स्लिमा २७ हजारभन्दा बढी चिकित्सक दर्ता भएका छन् । तीमध्ये नेपालमा १५ देखि १८ हजार कार्यरत रहेको अनुमान छ ।

नर्सिङ काउन्सिलका अनुसार नर्स र अनमी गरी ९६ हजार जनाले लाइसेन्स लिएका छन् । स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा झलक गौतमले कोरोना खोपका लागि स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।