हार्डफोर्ड एजुकेसनले स्थापनाको २१ औँ वर्ष मनाउँदै, शुक्रबार विशेष समारोह आयोजना हुने

हार्डफोर्ड एजुकेसनले स्थापनाको २१ औँ वर्ष मनाउँदै, शुक्रबार विशेष समारोह आयोजना हुने

काठमाडौं। शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि कार्यरत हार्डफोर्ड एजुकेसनले आफ्नो स्थापनाको २१ औँ वर्ष प्रवेशको अवसरमा विशेष उत्सव आयोजना गर्ने भएको छ। संस्थाले '२१ यायर्स अफ एक्सेलेन्स, ट्रस्ट एन्ड टुगेदरनेस'  भन्ने नाराका साथ वार्षिकोत्सव मनाउन लागेको हो।

उक्त २१ औँ वार्षिकोत्सव समारोह यही असोज २ गते, शुक्रबारका दिन आयोजना गरिनेछ। कार्यक्रम दिउँसो २:३० बजेदेखि ३:३० बजेसम्म हार्डफोर्डकै आफ्नै सभाहल/परिसरमा सञ्चालन हुनेछ।

स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय शिक्षाका लागि विद्यार्थीहरूलाई मार्गदर्शन प्रदान गर्दै आएको हार्डफोर्ड एजुकेसनले यस सुखद अवसरमा आफ्ना शुभचिन्तक, विद्यार्थी तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरेको छ।

 

छुटाउनुभयो कि ?