काठमाडौँ। नेकपा एमालेले पूर्वउपाध्यक्ष ईश्वर पोखरेललाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले पोखरेलसहित पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, नेताहरू थममाया थापा, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो ।
सचिवालय बैठकलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले उनीहरू सबैको नाम अनुमोदन गरेको छ । बाँकी नाम अर्को बैठकले टुङ्ग्याउने एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । त्यस्तै एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएको छ । भण्डारीको वरीयता दोस्रो रहनेछ।