काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै भारी वर्षा सम्भावनाले जोखिम भएको भन्दै दुई विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ।
गाउँपालिकाका अनुसार असोज ८ गतेदेखि १० गतेसम्म ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको तथा प्रतिकूल मौसमका कारण शिक्षक तथा विद्यालयमा अध्ययनरत बालबालिकाको आवतजावत एवं सुरक्षा जोखिमलाई मद्देनजर गर्दै असोज ७ गतेको प्रधानाध्यापक बैठकको निर्णयानुसार असोज ८ गतेदेखि ९ गतेसम्म (दुई) दिन बिदा दिइएको छ।
उक्त समयमा गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालय बन्द रहने र बिदा विद्यालयको वार्षिक शैक्षिक कार्यतालिकामा व्यवस्था भएका अन्य बिदाबाट समायोजन हुने गाउँपालिकाले जनाएको छ।