गुन्डा नाइके रमेश बाहुन समूहका सुटर दुर्गा राई पक्राउ

गुन्डा नाइके रमेश बाहुन समूहका सुटर दुर्गा राई पक्राउ

काठमाडौं : प्रहरीले गुन्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ वर्ष जेल सजाय भोगेर छुटेका दुर्गा राई रहेका छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले बताएका छन् । ‘व्यवसायीलाई धाकधम्की दिएर गुण्डागर्दी गरेको भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका बताईएको छ ।

थापाका अनुसार प्रहरीको ‘मोस्ट वान्टेड’ गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताल पनि पक्राउ परेका छन् । काभ्रेका धिताल यसअघि गुण्डा नाइके गणेश लामाको समूहमा थिए । बाहुन अहिले केन्द्रीय कारागार काठमाण्डौमा रहेका छन् भने लामा सिक्किमतिर लुकेर बसेको जानकारी प्राप्त भएको छ ।