गाउँपालिका अध्यक्षकी श्रीमती जंगलमा फेला, श्रीमान अझै सम्पर्कबिहीन

गाउँपालिका अध्यक्षकी श्रीमती जंगलमा फेला, श्रीमान अझै सम्पर्कबिहीन

दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही सम्पर्कमा आएकी छिन्। शाहीलाई जंगलमा छाडिएको अवस्थामा फेला परेको बताइएको छ।

अध्यक्ष शाही भने अझै सम्पर्कबिहिन रहेका छन्। श्रीमती भने अहिले सम्पर्कमा आएको जानकारी पाएको र अरु केही बुझिसकेको अवस्था छैन, कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य समेत रहेका शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेको नेकपाले दाबी गरेको छ। प्रहरीले भने अपहरण हो वा होइन स्पष्ट पारिसकेको छैन। ठाँटीकाँध २ श्रीपाटामा रहेको निवासबाट गएरातिदेखि शाही दम्पती सम्पर्कविहीन भएका हुन्। इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्षसमेत रहेकी छिन्।