ताप्लेजुङमा मृत महिलाको शव फेला

ताप्लेजुङमा मृत महिलाको शव फेला

ताप्लेजुङ : ताप्लेजुङको खोक्लिङमा एक महिलाको शव फेला परेको छ। जिल्लाको मिक्वाखोला २ खोक्लिङको थापागाउँ निवासी ३४ वर्षीया कविता थापाको शव फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए।

शनिबार साँझ ६ बजे स्थानीयले अधेरी प्राथमिक विद्यालय नजिकै सडकको भित्तामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ति महिलाको टाउकोमा धारिलो हरियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ।

मृत फेला परेको खवर पछि ईलाका प्रहरी चौकी दोभानबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घटना शंकास्पद रहेकाले राति शवको मुचुल्का नगरिएको उनले बताए।घटनाबारे अनुसन्धान भईरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी फुँयालले जानकारी दिए। मृतक थापाका श्रीमान बैदेशिक रोजगारीको शिलसिलामा विदेशमा रहेको बताईएको छ।