नुवाकोटमा ट्रिपर दुर्घटना हुदाँ दुईको मृत्यु पाँच जना घाईते

नुवाकोटमा ट्रिपर दुर्घटना हुदाँ दुईको मृत्यु पाँच जना घाईते

नुवाकोट : नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १२ मा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सडक निर्माणको काम गर्ने मजदुरहरु चढेको ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृतक र घाइते सबै बाहिरी जिल्लाका काम गर्ने मजदुरहरु रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन् ।