दैलेखमा विप्लव कार्यकर्ताद्धारा गाउँपालिका अध्यक्ष दम्पती अपहरण

दैलेखमा विप्लव कार्यकर्ताद्धारा गाउँपालिका अध्यक्ष दम्पती अपहरण

दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । शाही र उनकी श्रीमतीलाई आफ्नै घरबाट शनिबार राति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनको परिवारले जनाएको छ।

अध्यक्ष शाहीसँगै श्रीमती इला शाहीलाई पनि उक्त समूहले लिएर गएको जनाइएको छ। गाउँपालिकाकि उपाध्यक्ष सुस्मिता सिंहले भने आफू जिल्लामा रहेको र उक्त जानकारी आएको बताएकी छन्।जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटनाको बारेमा अनुसन्धान गरीरहेको जानकारी दिएको छ।