काठमाडौँ । अफगानिस्तानले एसियाली खेलकुदमा नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जापानको कोरोगी एथलेटिक पार्कमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०२ रनको योगफल तयार पारेको थियो । अफगानिस्ताका फैसल खान अहमदजाइ र नजिबुल्लाह जाद्रनले ३०–३० तथा नाङ्ग्याल खरोटीले अविजित १७ रन बनाए ।
नेपालका कुशल भुर्तेलले चार र ललितनारायण राजवंशीले तीन विकेट लिए । नेपाल जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छ । यता, अफगानिस्तान पनि लगातार दोस्रो जितसँगै क्वार्टरफाइनलमा स्थान पक्का गर्ने सोचमा छ । पहिलो खेलमा अफगानिस्तानले घरेलु टोली जापानलाई ४८ रनले पराजित गरेको थियो ।