काठमाडौँ । २०औं एसियन गेम्स २०२६ अन्तर्गत क्लासिफिकेसन खेलमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ।
जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३-० ले पराजित भएको हो। हङकङसँग नेपाल २५-२०, २५-१९ र २८-२६ ले पराजित भएको हो। नवौं स्थानको लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले अब ११ औं स्थानको लागि खेल्नेछ।
नेपालले फिलिपिन्स र मंगोलियाको खेलमा पराजित हुने टोलदीसँग खेल्नेछ।