काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमबीच आगामी प्रतियोगिताको सम्पूर्ण खेल तालिका औपचारिक रूपमा सार्वजनिक गरेको हो।
सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेल आगामी कात्तिक ९ गते हुनेछ। पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
क्यानका अनुसार कात्तिक ९ गतेदेखि सुरु हुने लिग चरणका खेलहरू कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि नकआउट चरणका खेलहरू सुरु हुनेछन्, जसअनुसार:
प्रतियोगिताका सम्पूर्ण खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिने क्यानले जनाएको छ। लिगमा सहभागी टोलीहरूले उपाधि भिडन्तका लागि तयारी तीव्र पारिरहेका छन्।
