काठमाडौं। जापानमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श तथा मार्गदर्शन प्रदान गर्दै आएको हार्डफोर्ड एजुकेसनले आफ्नो स्थापनाको २१ वर्ष पूरा गरेको छ। नयाँ बानेश्वरमा रहेको यस संस्थाले शैक्षिक सपना बोकेका नेपाली विद्यार्थी र अभिभावकको विश्वास जित्दै २१औँ वार्षिकोत्सव मनाउन लागेको हो।
२१ वर्षको यो अवधि केवल समयको निरन्तरता मात्र नभई हजारौँ विद्यार्थी र अभिभावकले दिएको भरोसा र सहकार्यको प्रतिफल भएको संस्थाले जनाएको छ। वार्षिकोत्सवका अवसरमा शनिबार दिउँसो २:३० बजे संस्थाकै परिसरमा विशेष समारोह आयोजना गरिनेछ। कार्यक्रममा हार्डफोर्ड परिवार, विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा शिक्षा क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहनेछ।
वार्षिकोत्सवका अवसरमा हार्डफोर्ड एजुकेसनका प्रबन्ध निर्देशक महेश श्रेष्ठले दुई दशकभन्दा बढी समयदेखि साथ र सहयोग दिने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सहकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्।
“२१ वर्षसम्म हामीमाथि भरोसा गर्नुभएकोमा सम्पूर्ण विद्यार्थी, अभिभावक र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। उहाँहरूको विश्वास र निरन्तर सहयोग नै हाम्रो सफलताको मुख्य प्रेरणा हो,” प्रबन्ध निर्देशक श्रेष्ठले भने।
आगामी दिनमा पनि विद्यार्थीको हितलाई केन्द्रमा राख्दै बदलिँदो विश्वव्यापी शिक्षा प्रणालीअनुसार अझ प्रभावकारी, गुणस्तरीय र जिम्मेवार परामर्श सेवा प्रदान गर्ने प्रतिबद्धता हार्डफोर्ड एजुकेसनले जनाएको छ।