प्रधानमन्त्री कार्यालयले भन्यो- झण्डै १५ हजार मानिस अझै बेपत्ता

प्रधानमन्त्री कार्यालयले भन्यो- झण्डै १५ हजार मानिस अझै बेपत्ता

काठमाडौँ । सरकारले १४ हजार ९ सय ९ जना मानिस बेपत्ता रहेको जनाएको छ। 

प्रधानमन्त्री कार्यालयको उद्धार अनुरोध पोर्टलका अनुसार हालसम्म झण्डै १५ हजार मानिस बेपत्ता भएको उल्लेख गरेको छ। हालसम्म २ हजार ४ सय ७३ जना मानिस फेला परेको जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ४ सय १३ जना मानिस सम्पर्कविहीन भएको उक्त पोर्टलमा उल्लेख छ। 

 हराएका मानिसहरूमध्ये १८ वर्ष मुनिका बालबालिका ६२७ जना र ६० वर्ष माथिका ज्येष्ठ नागरिक ३६९ जना रहेका छन्।