काठमाडौं। साउदी अरबमा ड्रोन आक्रमणमा परेर नेपाली र फिलिपिनो नागरिकको मृत्यु भएको छ।
साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको साउदी अरामकोद्वारा सञ्चालित तेल प्रशोधन तथा उत्पादन केन्द्रमा आक्रमण गर्दा खसेको ड्रोनको भग्नावशेषले लागेर एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ भने भारतीयसहित अन्य दुई जना घाइते भएका छन्।
साउदी ऊर्जा मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को सीमाक्षेत्र नजिकै रहेको शैबाह तेल क्षेत्रमा उक्त ड्रोनले आक्रमण गर्ने प्रयास गरेको थियो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणको प्रयासका क्रममा खसेको भग्नावशेषका कारण दुई जनाको मृत्यु भएको छ। मृतकमा एक फिलिपिनो र एक नेपाली नागरिक छन् भने अन्य दुई जना घाइते भएका छन्।’ मृतकको नेपालीको नाम खुलाइएको छैन ।
मन्त्रालयका अनुसार घाइते हुनेमा पाकिस्तानी र भारतीय नागरिक रहेका छन् ।
images
आक्रमणको आरोप यमनका इरान समर्थित हुथी विद्रोहीमाथि लगाइएको छ । गत महिना साउदी अरबमा अवरोध गरिएको हुथी विद्रोहीको ड्रोनबाट खसेको भग्नावशेष लागेर एक यमनी नागरिकको मृत्यु भएको थियो ।