काठमाडौं । गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत जाने भएका छन् ।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक)को बैठकमा सहभागी हुन भारत जान लागेका हुन् ।
गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ ।