संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ साधारण सभामा सहभागिता जनाउन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।

महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न मन्त्रीस्तरीय बैठक, साइड इभेन्ट तथा बहुपक्षीय छलफलहरूमा भाग लिन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्युयोर्क प्रस्थान गरेका हुन्।

न्युयोर्क बसाइका क्रममा परराष्ट्रमन्त्री खनालले विभिन्न देशका समकक्षी, उच्चस्तरीय कूटनीतिक अधिकारी तथा प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। साथै, उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको तर्फबाट आधिकारिक धारणा तथा एजेन्डा प्रस्तुत गर्नेछन्।

 

छुटाउनुभयो कि ?