मोटरसाइकल दुर्घटनामा परेका चालक पेस्तोलसहित पक्राउ

मोटरसाइकल दुर्घटनामा परेका चालक पेस्तोलसहित पक्राउ

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परेका चालकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

सर्लाहीको कबिलासी नगरपालिका–३, मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको हो । त्यसपछि उनलाई पेस्तोलसहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार (असोज १९) गते करिब १:०० बजेको समयमा जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको बीआर ३० वाई २८५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । प्रहरीका अनुसार उक्त दुर्घटनामा कबिलासी–३, मदनपुरका ३३ वर्षीय तुलसी ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको छ ।

दुर्घटनामा परेका ठाकुरको साथबाट सिक्सर पेस्तोल एक थान फेला परेकोले बरामद गरी पेस्तोलसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

छुटाउनुभयो कि ?