नयाँदिल्ली । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नयाँदिल्लीस्थित ताज होटल पुगेका छन् । प्रधानमन्त्री बालेन भ्रमणका क्रममा यही होटलमा बस्नेछन् ।
उनीसँग भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि यही होटलमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री बालेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।