चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

काठमाडाैं। चीनको तिब्बती क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार स्थानीय समयअनुसार बिहीबार राति १०ः३३ बजे दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा नाग्छु सहरको बाकेन काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

शुक्रबार बिहान २ः२५ बजेसम्म प्राप्त विवरणअनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ भने २१ जनालाई सामान्य चोट लागेको सिन्ह्वाले जनाएको छ। भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन्।

भूकम्पबाट भएको क्षतिको थप मूल्यांकन भइरहेको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।

राहत कार्यका लागि ३०० भन्दा बढी प्रहरी अधिकारीलाई भूकम्पको केन्द्रबिन्दुमा खटाइएको छ। त्यस्तै, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा ३४७ जना जनशक्ति परिचालन गरेको छ।