काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने भएको छ।
यो ऐतिहासिक प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा अन्तिम स्थानमा रहने चार टोलीका साथै आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ मा शीर्ष स्थान हासिल गर्ने दुई-दुई टोली गरी कुल आठ राष्ट्रिय टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्न सफल टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायरका लागि आधिकारिक रूपमा छनोट हुनेछन्।
यसैबीच, विश्वकप क्वालिफायर प्ले-अफ प्रतियोगिता नेपालमै आयोजना हुने भएपछि यसअघि तय भएको नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खला भने अनिश्चितकालका लागि सरेको छ।
आगामी डिसेम्बर ९, ११ र १३ तारिखका लागि निर्धारित सो शृङ्खलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र नेपाल क्रिकेट सङ्घ (क्यान) बीचको आपसी समन्वय तथा सहमतिमा पछि तय गरी सार्वजनिक गरिने क्यानले जनाएको छ।