थप २१९ जनामा कोरोनाभाइरस पुष्टि

थप २१९ जनामा कोरोनाभाइरस पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

 ९ हजार ६७७ जनामा गरिएको परिक्षणका क्रममा २१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २७ हजार हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार १३१ जना पुगेको छ । 

त्यस्तै सोही समयमा २८३ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ८ लाख १० हजार ७८० जनाले कोरोना जितेका छन् । 

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको कुल संख्या ११ हजार ५८५ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ७६ हजार ३३० जनालाई कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म कुल २ करोड ३१ लाख ७१ हजार मात्रा खोप लगाइएको छ ।