वृष र मकरको भाग्य चमकदा कुम्भ र वृश्चिकलाई जोखिम, कस्तो छ त आजको दिन?

वृष र मकरको भाग्य चमकदा कुम्भ र वृश्चिकलाई जोखिम, कस्तो छ त आजको दिन?
  • मेष: आजको दिन सामान्य रहनेछ। साथीभाइको व्यवहारले मन केही अशान्त बने पनि व्यापारिक लगानीबाट राम्रो फाइदा मिल्नेछ। पठनपाठन र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सम्भव भएसम्म लामो दूरीको यात्रा नगर्नु नै हितकर हुनेछ।

  • वृष: आज धनलक्ष्मी योग परेकाले दिन निकै शुभ छ। बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन् भने आम्दानीमा पनि वृद्धि हुनेछ। परिवारमा रमाइलो घुमघाम र मिष्ठान्न भोजनको योग छ। तर, स्वास्थ्यप्रतिको लापरबाहीले केही समस्या निम्त्याउन सक्छ।

  • मिथुन: बौद्धिक क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन्। साथीभाइको पूर्ण सहयोग पाइनेछ र सोचेका कामहरू पूरा हुनेछन्। पारिवारिक मेलमिलाप कायम रहनेछ र स्वास्थ्यमा सुधार आउनेछ। लेनदेन तथा व्यवहार गर्दा भने सचेत रहनुपर्छ।

  • कर्कट: शिक्षाको क्षेत्रमा विशेष खुसी मिल्ने दिन छ। पुराना साथीहरूसँगको भेटघाटले नयाँ योजनाको रूपरेखा कोर्नेछ। कामका लागि केही हिम्मत जुटाउनुपर्ने भए पनि लगानीबाट राम्रो नाफा मिल्नेछ। परिवारको पूर्ण साथ र सहयोग रहनेछ।

  • सिंह: विद्वान् तथा बौद्धिक व्यक्तित्वहरूसँगको भेटघाट र अन्तरक्रियाले नयाँ अवसर र फाइदा दिलाउनेछ। स्वास्थ्यका क्षेत्रमा गरिएका प्रयासलाई निरन्तरता दिनु उचित हुनेछ। आज पश्चिम दिशातर्फको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

  • कन्या: नयाँ शुभकार्यको सुरुवात हुने योग छ। शिक्षामा गरिएको मिहिनेतको फल मिल्नेछ र सोचे अनुरूप सफलता हात पार्न सकिनेछ। तर, परिवारमा केही समस्या थपिन सक्ने भएकाले आफ्ना गोपनीयता भंग हुन नदिन विशेष सजगता अपनाउनुपर्छ।

  • तुला: समाज र कार्यक्षेत्रबाट मान-सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्र वा विदेशमा गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। यद्यपि, राज्यका तर्फबाट हुन सक्ने जोखिमबाट सतर्क रहनुपर्छ।

  • वृश्चिक: आज हरेक काममा जोखिम र चुनौती थपिन सक्छन्। आम्दानीको तुलनामा खर्चको मात्रा बढ्नेछ। साथीभाइसँग मिलेर काम गर्दा सचेत हुनुपर्छ। प्रेम सम्बन्ध भने सुमधुर रहनेछ। प्रतिकूल समयमा धार्मिक कार्यमा सहभागी हुनु श्रेयस्कर हुन्छ।

  • धनु: जीवनमा एकपछि अर्को गर्दै आइपरेका अवरोधहरू हट्दै जानेछन्। अध्ययन-अध्यापनमा रुचि बढ्नेछ। साथीभाइसँगको भेटघाटले मनमा खुसी छाउनेछ। सुखद् र फलदायी यात्राको योग रहेको छ।

  • मकर: आज अचानक नयाँ अवसरहरू प्राप्त हुनेछन्। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएको मिहिनेतले सार्थक नतिजा दिनेछ। राजनीति तथा समाजसेवामा प्रगति हुनेछ भने व्यापार-व्यवसायमा राम्रो नाफा कमाउन सकिनेछ।

  • कुम्भ: अनावश्यक यात्राले दुःख र मानसिक तनाव दिन सक्छ। परिवारमा केही संकट र प्रेम सम्बन्धमा धोका हुने जोखिम रहेकाले सतर्क रहनुपर्छ। हरेक काममा थप मिहिनेतको खाँचो पर्नेछ। तर, शिक्षाको क्षेत्रमा भने प्रगति नै हुनेछ।

  • मीन: शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू हात पर्नेछन्। आफन्तहरूसँगको भेटघाट बढ्नेछ। स्वास्थ्यमा केही समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ। आजको दिन दान-पुण्य गरेर सुरुवात गर्नु उत्तम हुनेछ।

छुटाउनुभयो कि ?