आज यी ३ राशिले विशेष सतर्कता अपनाउनुपर्ने, कस्तो छ तपाईंको नक्षत्र?
नेपाल डेली
विहीबार, १५ असोज २०८३, ०५ : ५३ मा प्रकाशित
मेष: आजको दिन लाभदायक रहनेछ। रोकिएका वा नयाँ कामहरू सहजै बन्ने योग छ। यात्राबाट सुखद् अनुभव प्राप्त हुनुका साथै स्वास्थ्यमा सुधार आउनेछ। पारिवारिक रमाइलो र प्रेम सम्बन्धमा मधुरता कायम रहनेछ।
वृष: आजको दिन केही चुनौतीपूर्ण रहनसक्ने भएकाले काम गर्दा विशेष सचेत रहनुहोला। मनमा अशान्ति र सोचेका काममा बाधा आउन सक्छ। विवादबाट टाढै रहनु हितकर हुनेछ। बिहान धार्मिक कार्यमा सहभागी भई दिनको सुरुवात गर्दा राहत मिल्नेछ।
मिथुन: दिन शुभ छ। दाम्पत्य जीवन र सन्तानबाट पूर्ण सन्तुष्टि मिल्नेछ। योजनाबद्ध रूपमा गरिएका रचनात्मक कामहरू सफल हुनेछन्। परिवारको पूर्ण सहयोग प्राप्त हुनेछ।
कर्कट: कामको सफलताले मन प्रसन्न रहनेछ। पुराना रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ भने स्वास्थ्यमा राम्रो सुधार आउनेछ। आर्थिक सन्तुलनका लागि खर्चमा नियन्त्रण गर्नु उचित हुनेछ।
सिंह: आफ्ना कामबाट सन्तुष्टि मिल्ने दिन छ। नयाँ वस्त्र लाभ हुने र साथीभाइबाट पूर्ण सहयोग मिल्ने योग छ। हिम्मत गरेर नयाँ क्षेत्र वा काममा लगानी गर्दा फाइदा पुग्नेछ।
कन्या: बौद्धिक क्षमता र तर्कशक्ति बढ्नेछ। कार्यक्षेत्रमा भने संयमित भएर कम बोल्नु नै बुद्धिमानी हुनेछ। व्यापार-व्यवसायबाट आम्दानी बढ्नेछ भने आफन्त र प्रेमी/प्रेमिकाको साथ-सहयोग मिल्नेछ।
तुला: धार्मिक कार्य वा शुभ सोचबाट दिनको सुरुवात गर्दा सोचेका कामले सार्थकता पाउनेछन्। दाम्पत्य र प्रेम सम्बन्ध सुमधुर रहनेछ। साथीभाइको सहयोगले मनमा प्रसन्नता छाउनेछ।
वृश्चिक: व्यापार-व्यवसायमा राम्रो फाइदा हुनेछ। सन्तान र परिवारबाट सुख तथा मेलमिलापको वातावरण बन्नेछ। सोचेका काम पूरा भए पनि साथीभाइसँगको सहकार्य र लेनदेनमा भने अलिक सतर्क रहनुहोला।
धनु: दिन केही सामान्य र उतारचढावपूर्ण रहनसक्छ। अनावश्यक यात्रा, समय, ऊर्जा र धनको फजुल खर्च हुनसक्ने भएकाले ध्यान दिनुहोला। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। बिहान उठेर भगवान् शिवको आराधना गर्नाले दिन सहज बन्नेछ।
मकर: मानसम्मान र प्रतिष्ठा वृद्धि हुनेछ। राज्यका उच्चपदस्थ अधिकारीहरूबाट हौसला प्राप्त हुने योग छ। घरपरिवारभन्दा बाहिरका साथीभाइले तपाईँको कामको बढी प्रशंसा गर्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ।
कुम्भ: भाग्यले पूर्ण साथ दिनेछ। लामो दूरीको यात्रा वा धार्मिक क्षेत्रको भ्रमणका लागि आजको दिन निकै उत्तम छ। काममा सन्तुष्टि मिल्नुका साथै प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।
मीन: मनमा असन्तोष र अशान्ति बढ्नसक्छ। स्वास्थ्यप्रति बेवास्ता गर्दा समस्या पर्नसक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला। पश्चिम दिशातर्फको यात्रा टाढ्नु उचित हुनेछ।