काठमाडाैँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन दुई दिन सरेको छ। असोज १६ गते महाधिवेशन उद्घाटन गर्ने तय भएकोमा अब असोज १८ गते पुर्याइएको हो।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा महाधिवेशन उद्घाटन समारोह हुने बताए। केही दिनअघिको वर्षाका कारण उत्पन्न असहज परिस्थितिले क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा ढिलाइ भएको थियो।
महाधिवेशन प्रतिनिधि निर्वाचन प्रक्रिया असोज १५ गतेसम्म पनि जारी रहने देखिएपछि महाधिवेशन दुई दिन पर सारिएको हो।