आजको ग्रहगोचर र १२ राशिको भाग्यफल: कसको चम्किनेछ भाग्य?

आजको ग्रहगोचर र १२ राशिको भाग्यफल: कसको चम्किनेछ भाग्य?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन सामान्य फलदायी रहनेछ। व्यापार व्यवसायमा राम्रो लाभ हुने योग छ, तर नाफा बढाउन अरूसँग सहकार्य गरेर अघि बढ्नु उपयुक्त हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ भने परिवारमा मेलमिलाप र आत्मीयता बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजको दिन शुभ फलदायी रहनेछ। तपाईंको बोली र प्रभावले अड्किएका कामहरू बन्नेछन्। केही सम्पत्ति खर्च भए पनि सोचेको लक्ष्य पूरा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो फाइदा मिल्नेछ भने परिवारसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दिन मिलाजुला रहनेछ। एउटा समस्या समाधान नहुँदै अर्को थपिन सक्ने भएकाले धैर्य रहनुहोला। बोली र व्यवहारमा सन्तुलन मिलाउन नसक्दा जोखिम आउन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ, तर परिवारका सदस्यहरूमाथि अविश्वास गर्ने बानीले केही अप्ठेरो स्थिति सिर्जना गर्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन निकै शुभ रहनेछ। साथीभाइको पूर्ण सहयोग मिल्नाले बिग्रिन लागेका कामहरू बन्नेछन्। अध्ययन-अध्यापनमा भने केही ढिलासुस्ती हुनसक्छ। आज पश्चिम दिशातर्फको लामो यात्रा नगर्नु नै बेस हुनेछ। परिवारको सल्लाहमा थालेका कामहरू सफल हुनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन सामान्य रहनेछ। आज अनावश्यक कुरामा कम बोल्नु र आफ्ना गोप्य कुराहरू सुरक्षित राख्नु नै फाइदाजनक हुनेछ। व्यावहारिक जीवनमा सानातिना कुराले अल्झन पैदा गर्न सक्ने भएकाले धार्मिक वा आध्यात्मिक कार्यमा सहभागी भई दिनको सुरुवात गर्नुहोला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन निकै राम्रो र फलदायी रहनेछ। कुनै शुभ समाचार सुन्न पाइनेछ भने व्यवहारमा सकारात्मक परिवर्तन आउनेछ। मन प्रसन्न रहनेछ र स्वास्थ्यले पनि पूर्ण साथ दिनेछ। परिवारसँग रमाइलो घुमघामको योजना बन्नेछ भने प्रेम सम्बन्ध थप सुमधुर हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज यात्रा गर्दा विशेष सचेत हुनुपर्छ। प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै सफलता मिल्ने दिन छ, तर आफ्नो मिहिनेतको जस वा प्रतिफल अरूले लैजाने जोखिम भएकाले सतर्क रहनुहोला। शिक्षा क्षेत्रमा थप मिहिनेतको आवश्यकता छ। स्वास्थ्यमा सुधार आउनेछ भने राजनीतिक क्षेत्रमा पहुँच र प्रगति हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज संयमित भएर कम बोल्नु हितकर हुनेछ। साथीभाइको राम्रो सहयोग मिल्नेछ। मिहिनेत गरेमा पुराना रोकिएका कामहरू सहजै सम्पन्न हुनेछन्। बौद्धिक व्यक्तित्वहरूसँगको अन्तरक्रियाले मनमा ऊर्जा भर्नेछ। शिक्षामा प्रगति हुनुका साथै परिवारसँग घुमघामको योग छ।

धनु (ये, यो, भ, भि, भु, धा, फा, ढा, भे)

आजको दिन मध्यम फलदायी रहनेछ। रोकिएको वा गुम्न लागेको धन फिर्ता हुने योग छ। स्वास्थ्य स्थितिमा सुधार आउनेछ। सरकारी वा माथिल्लो निकायबाट आफ्ना पक्षमा निर्णय हुनसक्ने सम्भावना छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दिन सकारात्मक रहनेछ। शिक्षाका क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ भने निजी शिक्षण संस्था वा क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। राजनीतिक क्षेत्रमा पहुँच मजबुत हुनेछ। आफ्ना योजना र गोपनीयता भने जोगाएर राख्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन अनुकूल रहेकाले मिहिनेत अनुसारको उत्तम फल प्राप्त हुनेछ। पठनपाठन तथा परीक्षाको नतिजा सकारात्मक आउनेछ। यद्यपि, बोल्दा वा संवाद गर्दा भने विचार पुर्‍याउनुहोला। प्रेम सम्बन्धमा निकटता आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज नयाँ योजनाहरू सफल हुनेछन्। अनावश्यक यात्राले खर्च बढाउन सक्ने भएकाले ध्यान दिनुहोला। विपक्षी वा प्रतिस्पर्धी साथीहरूसँग काम गर्दा सचेत हुनुपर्छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ। धार्मिक तथा सामाजिक कार्यमा सहभागी भए दिन सहज बन्नेछ।

छुटाउनुभयो कि ?