मेष: दिन फलदायी रहनेछ। सहकार्यमा गरिएको लगानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रबाट फाइदा मिल्नेछ। राजनीतिमा प्रगति हुनुका साथै पारिवारिक सम्बन्ध अझ सुमधुर बन्नेछ।
वृष: आज सोचेका कामहरू पूरा हुनेछन्। स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुधारका संकेत देखिनेछन्। तर व्यापारमा भने घाटा हुन सक्ने जोखिम रहेकाले नयाँ लगानी गर्दा विचार पुर्याउनुहोला।
मिथुन: दिन अनुकूल छ। बोलीको प्रभावले परोपकारी काममा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार, लगानीका क्षेत्र सबल र दाजुभाइसँगको सहकार्यबाट राम्रो लाभ मिल्ने देखिन्छ। परिवारको पूर्ण साथ रहनेछ।
कर्कट: दिन सामान्य रहनेछ। बोलीका कारण आफन्तसँग दूरी बढ्न सक्ने भएकाले संयम हुनुहोला। स्वास्थ्यमा समस्या, वैदेशिक लगानीमा घाटा र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्नेछ।
सिंह: आजको दिन निकै राम्रो छ। व्यापारमा फाइदा हुनुका साथै पुराना रोगबाट मुक्ति मिल्नेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी वा नियुक्ति पाउने योग छ।
कन्या: सतर्कता अपनाउनुपर्ने दिन छ। बोल्दा ख्याल नगरे अरूले फाइदा उठाउन सक्छन्। खर्च बढ्ने र विपक्षीहरू हावी हुने जोखिम छ। मनमा चञ्चलता बढ्नुका साथै आफन्त टाढा हुन सक्छन्।
तुला: दिन लाभदायक छ। नयाँ योजना बन्ने र मानसम्मान प्राप्त हुनेछ। पुराना साथीको सहयोग मिल्नेछ भने शिक्षा, स्वास्थ्य र राजनीतिमा सफलता मिल्नेछ। गुरुको आशीर्वाद लिएर काम सुरु गर्दा राम्रो हुनेछ।
वृश्चिक: दिन सामान्य रहनेछ। सोचेको काम पूरा नहुन सक्ने र सञ्चित धन खर्च हुने सम्भावना छ। स्वास्थ्य र शिक्षामा थप मिहिनेत आवश्यक पर्नेछ। तर प्रेम सम्बन्ध भने सुमधुर रहनेछ।
धनु: आम्दानी बढ्ने र दिन शुभ रहनेछ। स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा प्रगति तथा पदोन्नतिको योग छ। साझेदारीमा गरिएका कामबाट राम्रो नाफा हुनेछ।
मकर: सम्पत्ति खर्च भए पनि मान-सम्मान र इज्जत बढ्नेछ। शिक्षामा गरिएको लगानीले खुसी दिनेछ। सोचेका काम सहजै बन्ने र व्यापारमा फाइदा हुनेछ।
कुम्भ: बोलीमा नियन्त्रण नहुँदा साथीभाइ टाढिन सक्छन्। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले पश्चिम दिशाको लामो यात्रा नगर्नुहोला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा राम्रो हुनेछ।
मीन: नयाँ र राम्रो कामको सुरुवात हुनेछ। मन शान्त रहनेछ भने परिवारसँग रमाइलो घुमघामको योग छ। यद्यपि अनावश्यक यात्रा र सञ्चित धन खर्च हुने सम्भावना रहेकाले ध्यान दिनुहोला।