मेष
मेष राशि हुनेहरूका लागि आजको दिन निकै राम्रो रहनेछ। राजनीतिक क्षेत्रमा पहिचान र सफलता मिल्ने योग छ भने शिक्षाको क्षेत्रमा पनि उन्नति हुनेछ। परिवारसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनुका साथै जग्गाजमिनको कारोबारबाट लाभ मिल्नेछ। प्रेम सम्बन्ध अझ कसिलो र सुमधुर बन्ने देखिन्छ।
वृष
आजको दिन शुभ रहनेछ। साथीभाइको पूर्ण सहयोग मिल्नुका साथै सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। दाजुभाइको साथले रोकिएका काम बन्नेछन्। शिक्षामा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ भने निजी शैक्षिक क्षेत्रमा नयाँ लगानीका लागि हिम्मत जुटाउनुपर्ने समय छ।
मिथुन
दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुने सम्भावना भएकाले आर्थिक कारोबारमा ध्यान दिनुहोला। शिक्षाको क्षेत्रमा गरिएको मिहिनेतले सफलता दिलाउनेछ। स्वास्थ्यमा केही समस्या देखिन सक्ने र राजनीतिमा चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ। परिवारभित्र कम बोल्नु र संयमित हुनु नै हितकर हुनेछ।
कर्कट
आजको दिन निकै उत्तम छ। तपाईंको बोली र प्रभावका कारण बिग्रिन लागेका कामहरू पनि बन्नेछन्। पुराना स्वास्थ्य समस्यामा सुधारका संकेत देखिनेछन्। शिक्षाको क्षेत्रमा भने अलि बढी मिहिनेत गर्नुपर्नेछ। पारिवारिक वातावरण सुमधुर र मेलमिलापयुक्त रहनेछ।
सिंह
दिन अनुकूल रहनेछ। अरूको विवाद वा प्रतिस्पर्धाबाट तपाईंलाई प्रत्यक्ष लाभ मिल्ने योग छ। जग्गाको कारोबारमा फाइदा हुनुका साथै राजनीतिक क्षेत्रमा शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। विपक्षीका साथै परिवारबाट समेत राम्रो सहयोग मिल्नेछ।
कन्या
कन्या राशिका लागि आज धनलक्ष्मी योग परेकाले आर्थिक दृष्टिले दिन निकै राम्रो छ। अग्रजहरूसँग सल्लाह र परामर्श लिएर काम गर्दा मन प्रसन्न रहनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ भने स्वास्थ्यमा क्रमिक सुधार आउनेछ। प्रेम जीवन सुमधुर र सुखद रहनेछ।
तुला
तुला राशिका लागि दिन सामान्य रहनेछ। दैनिक कामकाजमा केही बाधा-अवरोध आउन सक्ने र साथीभाइबाट असमझदारी वा विरोध हुन सक्नेछ। संकटको समयमा परिवारको दरिलो साथ मिल्नेछ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा थप मिहिनेत र सजगताको आवश्यकता देखिन्छ।
वृश्चिक
आजको दिन उत्साहजनक रहनेछ। मन प्रसन्न रहनेछ भने व्यापार-व्यवसायमा राम्रो नाफा कमाउन सकिनेछ। बौद्धिक व्यक्तिहरू वा साथीहरू फरक कित्तामा देखिन सक्ने भएकाले व्यवहार गर्दा विशेष सतर्कता अपनाउनुहोला। प्रेम सम्बन्धमा निकटता र मधुरता आउनेछ।
धनु
दिन लाभदायक रहनेछ। सम्पत्ति वृद्धि हुने योग छ भने शिक्षा र स्वास्थ्यको क्षेत्रमा सकारात्मक सुधार आउनेछ। साथीभाइको सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा उच्च ओहोदाका व्यक्तिहरूको आशीर्वाद र सहयोग प्राप्त हुनेछ। सामाजिक वा सेवामूलक अवसरको सहि सदुपयोग गर्नुहोला।
मकर
मकर राशिका लागि दिन शुभ रहनेछ। शिक्षामा गरिएको कडा मिहिनेतको फल प्राप्त हुनेछ र शैक्षिक पहुँच विस्तार हुनेछ। विपक्षीहरू बौद्धिक भएकाले काम गर्दा विचार पुर्याएर अघि बढ्नुहोला। व्यापारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भई दिनको सुरुवात गर्दा थप सफलता मिल्नेछ।
कुम्भ
दिन सामान्य रहनेछ। अनावश्यक काम वा यात्रामा समय र सञ्चित धन खर्च हुन सक्ने भएकाले सावधान रहनुहोला। परिवारसँगको सम्बन्ध भने सुमधुर रहनेछ। कुनै पनि नयाँ काम वा यात्रा सुरु गर्नुअघि धार्मिक कार्यमा सहभागी हुनु लाभदायक हुनेछ।
मीन
मीन राशिका लागि आजको दिन निकै शुभ छ। साना-साना कुराले पनि मनमा खुसी छाउनेछ। आज सोचिएका र योजना बनाइएका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। राजनीतिक क्षेत्रमा लक्ष्य हासिल हुनेछ। अग्रजहरूको सम्मान गर्दै परिवारको साथ लिएर अघि बढ्नु उत्तम हुनेछ।