राशिफल समाचार: आज कसलाई मिल्दैछ व्यापार र प्रेममा सफलता?

राशिफल समाचार: आज कसलाई मिल्दैछ व्यापार र प्रेममा सफलता?
  • मेष: दिन सामान्य राम्रो रहनेछ। सानातिना कुराले मन अशान्त हुने र शारीरिक कष्ट बढ्ने सम्भावना रहेकाले थोरै बोल्नु हितकर हुनेछ। संकटको समयमा परिवारको पूर्ण साथ र सहयोग मिल्नेछ।

  • वृष: दिन निकै राम्रो छ। धन लाभ हुनुका साथै व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ। पारिवारिक सहकार्य र सहकर्मीको साथ पाइनेछ भने नजिकैको सुखद् यात्राको योग रहेको छ।

  • मिथुन: आज सोचेर मात्र बोल्नुपर्नेछ। व्यापारमा घाटा र परिवारसँग विवाद हुनसक्ने जोखिम छ। मनमा असन्तुष्टि बढे पनि दाम्पत्य जीवन सुखमय रहनेछ र प्रेममा सफलता मिल्नेछ।

  • कर्कट: आजको दिन उत्तम छ। पढाइ र प्रेम सम्बन्धमा सफलता प्राप्त हुनेछ। रचनात्मक तथा कलाकारिता क्षेत्रमा मन जानेछ भने लगानीबाट फाइदा र सन्तानको व्यवहारले मन शान्त हुनेछ।

  • सिंह: दिन सामान्य रहनेछ। खर्च बढ्ने र साना कुराले मन अशान्त वा निराश हुनसक्छ। साथीहरूसँग विवाद नगरी सहकार्य गर्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भई दिनको सुरुवात गर्दा राम्रो हुनेछ।

  • कन्या: दिन सामान्य छ। पशुधनबाट फाइदा मिल्नेछ। नयाँ संकट आइपरेमा आफन्त र साथीभाइको सहयोग पाइनेछ। विज्ञको सुझाव लिएर तथा मनको कुरा नछुपाई काम गर्नु फलदायी हुनेछ।

  • तुला: दिन राम्रो छ। सम्पत्तिको सही सदुपयोग गर्नुहोला। बोल्दा संयमित हुनुपर्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ भने प्रेम सम्बन्ध थप सुमधुर बन्नेछ।

  • वृश्चिक: आजको दिन अत्यन्त उत्तम छ। रोकिएका र नयाँ कामहरू सहजै बन्नेछन्। मन शान्त रहनेछ भने पारिवारिक साथ, सुखमय दाम्पत्य जीवन र सुमधुर प्रेम सम्बन्धको योग छ।

  • धनु: दिन सामान्य राम्रो छ। साथीभाइ र परिवारको सहयोगमा गरिएका काममा सफलता मिल्नेछ। शिक्षा क्षेत्रको अध्ययनले सन्तुष्टि दिनेछ भने सामाजिक र राजनीतिक क्षेत्रमा सहयोगी हातहरू भेटिनेछन्।

  • मकर: दिन शुभ छ। मन प्रसन्न रहनेछ भने स्वास्थ्यमा सुधार आउनेछ। शत्रुमाथि विजय मिल्ने र रोग नियन्त्रण हुनेछ। पारिवारिक सहयोगमा गरिएको लगानीले राम्रो फाइदा दिनेछ।

  • कुम्भ: आजको दिन निकै शुभ छ। नयाँ कामको अवसर प्राप्त हुनुका साथै साथीभाइको राम्रो साथ मिल्नेछ। धार्मिक व्यक्तित्वसँगको भेटले मन हलुका हुनेछ र धार्मिक कार्यबाट दिनको सुरुवात गरे काम सहज हुनेछ।

  • मीन: बौद्धिक क्षेत्रमा गरिएका प्रयास सफल हुनेछन् र कार्यक्षेत्रमा सफलता मिल्नेछ। तर, ठगहरू सक्रिय रहेकाले काम गर्दा विशेष सचेत हुनुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरिएका काम सफल हुनेछन्।

छुटाउनुभयो कि ?