उच्चमा तीन न्यायाधीश र सर्वोच्चमा दुई रजिष्ट्रार सिफारिस

उच्चमा तीन न्यायाधीश र सर्वोच्चमा दुई रजिष्ट्रार सिफारिस

काठमाडौं । न्याय परिषदको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेलबासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । 

प्रधानन्यायाधीश डा.मनोज शर्माको अध्यक्षतामा मंगलबार (भदौ ३०) बसेको वैठकले उच्चको न्यायाधीश पदमा सिफारिस गरेको हो ।  यस्तै, मंगलबार नै बसेको न्याय सेवा आयोग बैठकले सर्वोच्च अदालतका दुईजना सहरजिष्ट्रारलाई रजिष्ट्रार पदमा बढुवाको सिफारिस गरेको छ ।

सहरजिष्ट्रारद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रारमा सिफारिसको निर्णय भएको हो ।