काठमाडौं । मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी महानिरीक्षक दानबहादुर कार्की अदालत जाने भएका छन् ।
उनले आफू निकटकाहरुसँग सरकारको निर्णय सार्वजनिक भएलगत्तै अदालत जाने प्रतिक्रिया दिएको उनका अति निकट स्रोतले जानकारी दियो ।
कार्कीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो– यो सरकारले पहिलेदेखि नै काम गर्न दिएको थिएन । अप्ठेरो पारिरहेको थियो । अब कानुनी लडाइँमा जान्छु ।”
मन्त्रिपरिषदको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर एआईजी मनोज केसीलाई महानिरीक्षक बनाएको थियो ।