काठमाडौँ । चितवनबाट पटाकासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। भरतपुर महानगरपालिका -०३ स्थितबाट ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका पटाका सहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरूबाट झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ८० हजार ३७२ थान पटाका बरामद गरिएको हो । बरामद पटाकाको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ रहेको छ । उनीहरूको साथबाट १ लाख ७२ हजार ३०० रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत मोतिहारीका ४१ वर्षीय सञ्जय साह तेली र २९ वर्षीय राज जैसवाल उर्फ कन्हैया कुमार रहेका छन् । पटाकाजन्य पदार्थसहित पक्राउ परेका उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।