आजको दैनिक राशिफल: कसलाई मिल्दैछ व्यापार र शिक्षामा सफलता?

आजको दैनिक राशिफल: कसलाई मिल्दैछ व्यापार र शिक्षामा सफलता?

मेष काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यापार व्यवसायमा राम्रो नाफा आर्जन गर्न साथीसँगको सहकार्य लाभदायक हुने देखिन्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ भने पारिवारिक मेलमिलापको वातावरण बन्नेछ। चाडपर्वको उत्साहले मन प्रसन्न रहनेछ।

वृष तपाईंको बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। केही सम्पत्ति खर्च भए पनि तय गरिएका लक्ष्य पूरा हुनेछन्। शिक्षा क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनुका साथै मनमा उत्साह जाग्नेछ।

मिथुन एकपछि अर्को समस्या थपिन सक्ने भएकाले सतर्क रहनुहोला। बोली र व्यवहारमा सन्तुलन नमिल्दा अप्ठ्यारो पर्न सक्छ। परिवारमा अविश्वासको वातावरणले असहज स्थिति सिर्जना हुन सक्छ। यद्यपि, स्वास्थ्यमा भने क्रमिक सुधार आउनेछ।

कर्कट आजको दिन तपाईंका लागि निकै शुभ रहनेछ। साथीभाइको पूर्ण सहयोग मिल्नाले अड्किएका कामहरू पूरा हुनेछन्। परिवारको सल्लाहमा गरिएका कामहरू सफल हुनेछन्। शिक्षामा भने केही ढिलासुस्ती हुन सक्छ। आज पश्चिम दिशातर्फको लामो यात्रा नगर्नु नै उपयुक्त हुनेछ।

सिंह आज कम बोल्नु र आफ्ना गोपनीयता कायम राख्नु नै हितकर हुनेछ। व्यवहारमा सानातिना कुराले पनि झन्झट सिर्जना गर्न सक्ने भएकाले दिनको सुरुवात कुनै धार्मिक वा आध्यात्मिक कार्यबाट गर्दा राम्रो हुनेछ।

कन्या शुभ समाचार सुन्न पाइने दिन छ। व्यवहारमा सकारात्मक परिवर्तन आउनेछ भने स्वास्थ्यले पनि पूर्ण साथ दिनेछ। मन प्रसन्न रहनेछ। परिवारसँग रमाइलो घुमघामको योजना बन्नेछ भने प्रेम सम्बन्ध अझ सुमधुर र प्रगाढ हुनेछ।

तुला यात्रा गर्दा विशेष सचेत हुनुपर्नेछ। आफ्नो श्रमको प्रतिफल अरूले लैजाने जोखिम रहेकाले सजग रहनुहोला। शिक्षा क्षेत्रमा अलि बढी मिहिनेतको आवश्यकता देखिन्छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् भने राजनीतिक क्षेत्रमा भने राम्रो प्रगति हुनेछ।

वृश्चिक अनावश्यक कुरामा कम बोल्नु नै बुद्धिमानी हुनेछ। बौद्धिक व्यक्तिहरूसँगको अन्तरक्रियाले मनमा नयाँ ऊर्जा र प्रसन्नता ल्याउनेछ। साथीभाइको राम्रो साथ मिल्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनुका साथै परिवारसँग घुमघामको योग छ।

धनु आज धनलक्ष्मी योग परेको हुनाले गुम्न लागेको वा रोकिएको धन फिर्ता हुन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। राज्यको माथिल्लो निकाय वा प्रशासनिक क्षेत्रबाट तपाईंको पक्षमा निर्णय हुनेछ। काममा नयाँ उत्साह र जाँगर थपिनेछ।

मकर दिन फलदायी रहनेछ। शिक्षा तथा निजी शैक्षिक क्षेत्रमा गरिएको लगानीबाट राम्रो फाइदा मिल्नेछ। राजनीतिक क्षेत्रमा पहुँच र प्रभाव बढ्नेछ। यद्यपि, आफ्ना गुप्त कुराहरू कसैसामु सार्वजनिक नगर्नुहोला।

कुम्भ आजको दिन सामान्य रहनेछ। अनावश्यक यात्राले खर्च बढाउन सक्छ। विपक्षी वा प्रतिस्पर्धी साथीहरूसँग मिलेर काम गर्दा विशेष सचेत हुनुहोला। खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्याले सताउन सक्छ। धार्मिक कार्यमा सहभागी हुनाले दिन सहज बन्नेछ।

मीन आजको दिन निकै राम्रो छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ भने परीक्षाको नतिजा अपेक्षा अनुसार नै आउनेछ। मिहिनेतको उचित फल मिल्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। तर, बोल्दा भने संयमित र सचेत हुनुपर्नेछ।