आजको राशिफल: कस्तो छ तपाईंको भाग्य र भविष्य?

आजको राशिफल: कस्तो छ तपाईंको भाग्य र भविष्य?
  • मेष: दिन फलदायी छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा राम्रो लाभ मिल्नुका साथै परीक्षाको नतिजा अनुकूल आउनेछ। राजनीति तथा समाजसेवामा नयाँ अवसर प्राप्त हुनेछन्। आम्दानी खर्चको तुलनामा बढी भई मन प्रसन्न रहनेछ।

  • वृष: दिन सामान्य रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिले पनि स्वास्थ्यमा समस्या आउन सक्छ। प्रतिस्पर्धी वा शत्रु सक्रिय हुनसक्छन् भने आफन्तबाट पनि सतर्क रहनुपर्नेछ। वैदेशिकभन्दा स्वदेशी लगानीले राहत दिनेछ।

  • मिथुन: दिन अनुकूल छ। पारिवारिक सम्बन्ध मधुर बन्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रको लगानी वा प्रयासबाट लाभ मिल्नेछ। आँटेका काम पूरा हुनाले आम्दानी बढ्ने र मनले शान्ति पाउनेछ।

  • कर्कट: शुभ दिन रहेको छ। बोलीको प्रभावले रोकिएका काम बन्नेछन्, तर व्यवहारमा संयमता र एकरूपता आवश्यक छ। स्वास्थ्यमा सुधार आउने, पारिवारिक मेलमिलाप बढ्ने र आकस्मिक लाभले खुसी ल्याउनेछ।

  • सिंह: रोकिएको वा गुम्न लागेको धन फिर्ता हुने सम्भावना छ। नयाँ कामको राम्रो अवसर मिल्नेछ। मन चञ्चल हुन सक्ने भएकाले बिहान पन्छीलाई दाना दिने वा पिपलको दर्शन गर्नु शुभ हुनेछ। निर्णय आफ्नै विवेकले लिनु उचित हुनेछ।

  • कन्या: दिन मिश्रित छ। अरूले आफ्नो स्वार्थका लागि प्रयोग गर्न सक्ने वा कुरा काट्नेहरू बढ्ने भएकाले सचेत हुनुपर्छ। यद्यपि, आम्दानीका नयाँ स्रोतहरू पहिचान हुनेछन्।

  • तुला: वैदेशिक क्षेत्रको लगानीबाट उत्साहजनक परिणाम मिल्नेछ। विरोधीहरूले समेत कामको प्रशंसा गर्नेछन्। मिष्ठान्न भोजनको योग छ भने स्वास्थ्य र शिक्षाको क्षेत्र लाभदायक रहनेछ।

  • वृश्चिक: सामाजिक र राजनीतिक पहुँच विस्तार हुनेछ। काममा सावधानी नअनाए समस्या पर्न सक्छ। स्वास्थ्यमा केही प्रतिकूलता देखिन सक्ने भएकाले आफ्नै निर्णयमा अघि बढ्नु बुद्धिमानी हुनेछ।

  • धनु: शुभ फल प्राप्त हुनेछ। मान-सम्मान मिल्ने, स्वास्थ्य अनुकूल रहने र पठनपाठनमा रुचि जाग्नेछ। तर, सामाजिक क्षेत्रका काममा भने केही बाधा-अव्यवधान आउन सक्छन्।

  • मकर: सञ्चित धन खर्च हुने र निरर्थक यात्रा हुनसक्ने भएकाले संयम अपनाउनुहोला। स्वास्थ्यमा समस्या आउन सक्छ। बन्धुबान्धवसँगको सहकार्यमा गरिएको व्यापारले भने फाइदा दिनेछ।

  • कुम्भ: बोलीको प्रभावले महत्त्वपूर्ण कार्यहरू सम्पादन हुनेछन्। स्वास्थ्य उपचारमा रहेकाहरूलाई सुधारको संकेत मिल्नेछ। पारिवारिक र राजनीतिक क्षेत्रमा सकारात्मक वातावरण बन्नेछ।

  • मीन: काममा अवरोध र प्रतिस्पर्धीहरूको प्रभाव बढ्न सक्छ। स्वास्थ्य र शिक्षामा केही सकस व्यहोर्नुपर्नेछ। यद्यपि दाम्पत्य जीवन सुखद रहनेछ। एक्लै निर्णय लिनुभन्दा परिवार वा साथीभाइको सल्लाह लिनु उपयुक्त हुन्छ।