काठमाडौं उपत्यकासहित मध्य नेपालमा भूकम्पको धक्का

काठमाडौं उपत्यकासहित मध्य नेपालमा भूकम्पको धक्का

काठमाडौं।  काठमाडौं उपत्यकासहित मध्य नेपालका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ। मङ्गलवार साँझ ९ बजेर ५३ मिनेट जाँदा कम्पन महसुस भएको हो।

गण्डकी प्रदेशको मनाङबाट करिब ६१ किलोमिटर टाढा नेपाल–चीन सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ। भूकम्पबाट पुगेको क्षतिको विवरण भने आउन बाँकी छ।

छुटाउनुभयो कि ?