काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले पहिलो हार ब्यहोरेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदै अलआउट भयो ।
इशान पाण्डेले ९० रनको शानदार पारी खेलेपनि नेपालको हार टरेन । यस्तै, आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ गुलशन झाले २० रन जोडे ।
बलिङतर्फ हङकङका अइजज खानले चार, यसिम मुर्ताजाले दुई तथा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक–एक विकेट लिए ।