काठमाडौं। मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा जारी खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन जोड्यो । उसका लागि बाबर हयातले शतकीय इनिङ्स खेले । उनी ११७ रनमा अविजित रहे । यस्तै, शाहिद वसिफले ४५, जिशन अलीले १५ रन जोड्दा एहसान खान ३५ रनमा नटआउट रहे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार तथा यस्तै, शेर मल्लले तीन विकेट लिए । यस खेल जितेमा नेपाल समूह विजेता बन्ने छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ । नेपाल ताजा स्थितिमा छ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो ।