भोटेकोसीको शिरमा बनेको ताल नजिकै पुग्यो चिनियाँ विशेषज्ञ टोली

भोटेकोसीको शिरमा बनेको ताल नजिकै पुग्यो चिनियाँ विशेषज्ञ टोली

काठमाडौँ । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत सिगात्से सहरको केरुङ काउन्टीमा बनेको कृत्रिम तालको बाँध नजिकै चिनियाँ विशेषज्ञ टोली पुगेको छ।

छोचेन खोला र पुरेपु स्याङ्पो खोलाको संगमस्थल नजिकै उक्त ताल बनेको छ। चीनको सरकारी सञ्चारमाध्यम सीजीटीएनले उल्लेख गरेअनुसार, तालको विपरीत किनारमा आपत्कालीन उद्धार सहयोग टोली र विपद् विशेषज्ञहरू शुक्रबार (अगस्ट २८) को दिउँसो २:०२ बजे पुगेका छन्।

उनीहरूले अहिले पहिरोपछि बनेको ताल र त्यस आसपास क्षेत्रको निगरानी तथा सम्भावित जोखिमको मूल्यांकन गरिरहेको सीजीटीएनले उल्लेख गरेको छ। उनीहरूले तालको अवस्थाको तथ्यांक संकलन गर्न ड्रोनमार्फत उक्त क्षेत्रको स्क्यानिङ गर्नुका साथै पानीको सतह मापन गर्ने सेन्सरहरू प्रयोग गरिरहेको सीजीटीएनले जनाएको छ।

छुटाउनुभयो कि ?