मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका लागि आजको दिन सामान्य रहनेछ। आज नयाँ कामको थालनी नगर्नु नै उपयुक्त हुन्छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन्। काममा दाजुभाइको सहकार्य आवश्यक देखिन्छ भने राजनीतिक क्षेत्रमा भने केही घेराबन्दी वा चुनौतीको सामना गर्नुपर्ने जोखिम छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वृष राशिका लागि आजको दिन केही प्रतिकुल रहन सक्छ। लगानी डुब्ने खतरा रहेकाले आर्थिक कारोबारमा सजग रहनुहोला। बोलीको प्रभावले व्यवहारमा समस्या ल्याउन सक्ने भएकाले संयमित हुनुपर्छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्य बिग्रन सक्छ। व्यापारमा घाटा हुने सम्भावना भएकाले हरेक क्षेत्रमा थप मिहिनेत गर्नुपर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिथुन राशिका जातका लागि आजको दिन निकै राम्रो छ। अड्किएको वा डुब्न लागेको धन फिर्ता हुने योग छ। राजनीतिमा विपक्षीको समेत साथ मिल्नेछ। नयाँ साथीसँगको भेटले मनमा उत्साह जगाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ भने वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा मिल्नेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) कर्कट राशिका लागि आजको दिन फलदायी रहनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ भने जग्गाजमिनको कारोबारबाट नाफा कमाउन सकिनेछ। स्वास्थ्य स्थिति सुदृढ हुनेछ। वैदेशिक वातावरणले मन आकर्षित गर्नेछ र नयाँ लगानीबाट लाभ मिल्ने समय छ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) सिंह राशिका लागि आजको दिन अनुकुल छ। रोकिएका कामहरू सफल हुनेछन् र व्यापारमा फाइदा मिल्नेछ। शिक्षामा लगानी बढाउन हिम्मत गर्नुपर्नेछ। तर, परिवारका सदस्यलाई अन्धधुन्ध विश्वास गर्दा धोका हुन सक्ने भएकाले सचेत रहनुहोला। हरेक क्षेत्रमा निरन्तर मिहिनेत भने आवश्यक छ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) कन्या राशिका लागि आजको दिन अति शुभ छ। आम्दानीका स्रोतहरू बढ्नेछन्। नजिकका र विश्वास गरेका व्यक्तिहरूबाट राम्रो सहयोग प्राप्त हुनेछ। पारिवारिक मेलमिलाप कायम हुनेछ। राजनीतिक पहुँच विस्तार हुनुका साथै चौतर्फी आर्थिक लाभको योग छ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) तुला राशिका लागि आजको दिन लाभदायी छ। धन लाभ हुनुका साथै स्वास्थ्यमा क्रमिक सुधार आउनेछ। दाजुभाइको सहयोगले रोकिएका महत्त्वपूर्ण काम बन्नेछन्। शिक्षामा प्रगति हुनेछ र राजनीतिमा विरोधीहरूको पनि साथ पाइनेछ। प्राप्त सम्पत्तिको सही सदुपयोग गर्नुपर्नेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) वृश्चिक राशिका लागि आजको दिन शुभ छ। सोचेका योजनाहरू सहजै पूरा हुनेछन्। साथीभाइसँगको भेटघाटले नयाँ कामको रूपरेखा बन्नेछ। पुराना रोगबाट मुक्ति मिल्ने योग छ। यद्यपि, राजनीतिक क्षेत्रमा भने सजग हुनुपर्छ। पारिवारिक जीवनमा केही मानसिक पीडा वा अशान्ति बढ्न सक्छ।
धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) धनु राशिका लागि आजको दिन प्रसन्नतादायक रहनेछ। वैदेशिक यात्राको बाटो खुल्नेछ। उपचाररत हुनुहुन्छ भने स्वास्थ्यमा द्रुत सुधार आउनेछ। शिक्षामा भने अलि बढी मिहिनेत गर्नुपर्ने देखिन्छ। राजनीतिमा प्रगति हुनेछ भने प्रेम सम्बन्ध थप सुमधुर र प्रगाढ बन्नेछ।
मकर (भो, जा, जी, खी, खू, खे, खो, गा, गी) मकर राशिका लागि आजको दिन राम्रो छ। आम्दानीमा वृद्धि हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको भेटघाट र छलफलले मन प्रसन्न बनाउनेछ। राज्यको माथिल्लो निकाय वा प्रशासनिक क्षेत्रबाट पूर्ण साथ र सहयोग मिल्नेछ। तर, आफ्नो स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) कुम्भ राशिका लागि आजको दिन मध्यम रहनेछ। स्वास्थ्यको विशेष हेरचाह गर्नुपर्नेछ। गुरुजनबाट अपेक्षाकृत सहयोग नमिल्न सक्छ। मिहिनेतको फल प्राप्त भए पनि आजको दिन राजनीतिमा धेरै सक्रिय नहुनु नै बुद्धिमानी हुनेछ। दिनको सुरुवात कुनै धार्मिक वा आध्यात्मिक कार्यबाट गर्नु उपयुक्त हुनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) मीन राशिका लागि आजको दिन सकारात्मक छ। आम्दानीका नयाँ बाटो खुल्नेछन् र शिक्षामा प्रगति हुनेछ। धार्मिक गतिविधिमा सहभागी हुँदा मनमा शान्ति मिल्नेछ। गुरुजनसँगको भेटले आगामी दिनका लागि नयाँ योजना बनाउन मद्दत पुग्नेछ। यात्रामा कष्ट हुन सक्ने भएकाले लामो दूरीको यात्रा नगर्नु नै बेस हुनेछ।