मेष: दिन फलदायी छ। सहकार्यमा गरिएको व्यापारबाट लाभ मिल्नुका साथै शिक्षामा गरिएको मिहिनेतको उचित फल प्राप्त हुनेछ। स्वास्थ्यमा भने केही समस्या आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ।
वृष: रोकिएका काम बन्नेछन् भने बोलीको प्रभाव बढ्नेछ। धन खर्च भए पनि सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ। शिक्षामा प्रगति हुनेछ, तर परिवारसँगको सम्बन्ध सामान्य रहँदा राजनीतिक क्षेत्रमा केही घाटा हुन सक्छ।
मिथुन: दिन शुभ रहनेछ। साथीभाइको सहयोगले दैनिक काम सहजै सम्पन्न हुनेछन्। धार्मिक कार्यतर्फ मन जानेछ भने राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध पनि सुमधुर बन्नेछ।
कर्कट: सम्पत्तिको पछि लाग्दा सामाजिक प्रतिष्ठामा आँच आउन सक्छ। राजनीतिमा ठगीमा पर्न सक्ने जोखिम रहेकाले सतर्क रहनुहोला। पारिवारिक किचलो र स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले आहारविहारमा ध्यान दिनुहोला।
सिंह: दिन सामान्य रहेकाले सजग भएर काम गर्नुहोला। व्यवहारमा सन्तुलन नमिल्दा परिवारमा मनमुटाव हुन सक्छ। राजनीतिक क्षेत्रमा भने साथीहरूको राम्रो साथ पाइनेछ।
कन्या: खर्च बढ्ने समय छ। यद्यपि, शिक्षा क्षेत्रको प्रयास सफल हुनेछ र मनमा शान्ति मिल्नेछ। समाजसेवाको भावना जागृत हुनुका साथै स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्।
तुला: रोकिइराखेको वा गुम्न लागेको धन फिर्ता हुनेछ। पुराना साथीहरूसँगको भेटले नयाँ योजनाको खाका कोर्नेछ। निर्णय क्षमता बढ्नुका साथै स्वास्थ्यमा सुधार र पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।
वृश्चिक: अनावश्यक यात्राले खर्च बढाउनेछ। शिक्षाको क्षेत्रमा आफ्नो मिहिनेतको फल अरूले लैजाने जोखिम रहेकाले चनाखो रहनुहोला। स्वास्थ्यमा सुधार आउनेछ भने राजनीतिमा पहुँच विस्तार हुनेछ।
धनु: दिन सकारात्मक छ। पुराना रोगहरूबाट मुक्ति मिल्नेछ। धार्मिक कार्यबाट दिनको सुरुवात गर्नु श्रेयस्कर हुनेछ। शिक्षामा प्रगति हुनुका साथै विपत्तिमा परिवारको पूर्ण सहयोग मिल्नेछ।
मकर: दिन सामान्य रहे पनि साथीभाइको साथ पाइनेछ। शिक्षामा गरिएको लगानीले फाइदा दिनेछ, तर परीक्षाको नतिजाका लागि केही धैर्य गर्नुपर्नेछ। प्रेम जीवन सुखद रहनेछ।
कुम्भ: सानातिना कुराले मनमा अशान्ति र चिन्ता बढाउन सक्छ। स्वास्थ्य समस्याले सताउन सक्ने भएकाले सजग रहनुहोला। राजनीतिक क्षेत्रमा भने सेवा गर्ने मौका मिल्नेछ।
मीन: व्यापारिक लगानीबाट राम्रो नाफा मिल्नेछ। स्वास्थ्य क्षेत्रको मिहिनेत सफल हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहने भए पनि बोल्दा विचार पुर्याउनु आवश्यक छ।