कार्यकर्तालाई रविको कडा चेतावनी, बालेनलाई के भने ?

कार्यकर्तालाई रविको कडा चेतावनी, बालेनलाई के भने ?

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् ।

उनले पीडितप्रति अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्न पनि सरकारलाई सुझाए । रविले प्रतिनिधिसभामा विशेष सम्बोधन गरिरहँदा आज प्रधानमन्त्री बालेन पनि उपस्थित थिए । उनले भने, ‘पीडामा रहेका नागरिकलाई कतैबाट अमानवीय दुर्व्यवहार हुन्छ भने त्यस्ता व्यक्तिमाथि हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति मात्रै निकाल्ने होइन, राज्य निर्मम र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला ।’

उनले रास्वपालाई विपद्मा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको समेत बताए । उनले सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई पार्टीको साधारण सदस्यबाट समेत निकाल्ने चेतावनी दिए ।

छुटाउनुभयो कि ?