काठमाडौं। एक्सेस एजुकेसन नेटवर्कले हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवार र समुदायको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को यो कठिन घडीमा पीडित नागरिकहरूको साथमा उभिन नबिल बैंकमार्फत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ।
विपत्तिको सामना गरिरहेका नागरिकहरूको पुनःस्थापना र राहत कार्यमा सघाउ पुर्याउने उद्देश्यले उक्त सहयोग रकम कोषमा जम्मा गरिएको हो। संकटको यस समयमा एकताबद्ध भई देशव्यापी उद्धार तथा पुनर्निर्माणका प्रयासहरूमा टेवा पुर्याउनु आफ्नो दायित्व भएको संस्थाले जनाएको छ।