काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमनसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल तयार पारेको हो । नेपालका दीपेन्द्रले सर्वाधिक ५१ रनको साझेदारी गरे । उनले ७६ बलमा चार चौका प्रहार गरे । बसिर अहमदले ४७, देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए ।
पाँचौँ विकेटका लागि दीपेन्द्र र बसिरले ९३ रनको साझेदारी गरेका थिए । ओमानका हसनैन शाह र जय ओडेदराले तीन–तीन, मोहम्मद इमरानले दुई तथा मुजिबर अली र सकिल अहमदले एक–एक विकेट लिए ।