आजको राशिफल: कसको चम्किनेछ भाग्य, कसलाई हुनसक्छ घाटा?

आजको राशिफल: कसको चम्किनेछ भाग्य, कसलाई हुनसक्छ घाटा?

मेष मेष राशि हुनेहरूका लागि आजको दिन राम्रो छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन्। वैदेशिक क्षेत्रतर्फ मन आकर्षित हुनेछ भने यसतर्फ गरिएका काममा सफलता मिल्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। तर, दाम्पत्य जीवनमा भने केही खटपट हुनसक्छ।

वृष वृष राशिका लागि आजको दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुनुका साथै अनावश्यक यात्रा गर्नुपर्ने स्थिति आउन सक्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ भने मान्यजनको आशीर्वाद लिएर सुरु गरेका काम फलदायी हुनेछन्। व्यापार-व्यवसायमा केही झमेला व्यहोर्नुपर्ला।

मिथुन मिथुन राशिका लागि दिन सामान्यतया राम्रो छ। बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेत अनुसारको फल प्राप्त भए पनि शिक्षाको क्षेत्रमा केही ढिलासुस्ती हुन सक्छ।

कर्कट कर्कट राशि हुनेहरूका लागि आजको दिन शुभ छ। साथीभाइ र परिवारको पूर्ण सहयोग मिल्नुका साथै मिष्ठान्न भोजनको योग छ। आम्दानीका स्रोतहरू सबल रहनेछन्। यद्यपि शिक्षाको क्षेत्रमा भने सोचेजस्तो गति नलिन सक्छ।

सिंह सिंह राशिका लागि दिन राम्रो छ। बोलीको प्रभावले कामहरू सहजै बन्नेछन् र शिक्षा क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। विदेशभन्दा स्वदेशमै अवसरहरू पाइनेछन्। मनमा भने केही नकारात्मक विचार आउन सक्ने भएकाले बिहान पिपलको बोटमा जल चढाउनु लाभदायी हुनेछ।

कन्या कन्या राशिका लागि आजको दिन सामान्य छ। अरूले गरेको गल्तीको अपजस आफूले लिनुपर्ने अवस्था आउन सक्छ, त्यसैले बोल्दा विचार पुर्‍याउनुहोला। पूर्वतर्फको लामो यात्रा टाढा राख्नु उत्तम हुनेछ। स्वास्थ्य र शिक्षा क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्।

तुला तुला राशिका लागि दिन उत्तम छ। आज बनाइएका योजनाहरू दीर्घकालीन रूपमा फाइदाजनक हुनेछन्। परिवार र ठूलाबडाको साथ-सहयोगले मनमा उत्साह थपिनेछ भने पुराना खटपटीहरू कम भएर जानेछन्।

वृश्चिक वृश्चिक राशि हुनेहरूका लागि आजको दिन राम्रो रहनेछ। आम्दानीका साथै स्वास्थ्य र शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको सल्लाह लिएर अघि बढ्नु उपयुक्त हुन्छ। प्रेम सम्बन्ध अझ सुमधुर बन्नेछ।

धनु धनु राशिका लागि दिन सकारात्मक छ। स्वास्थ्यमा सुधारका संकेतहरू देखिनेछन् भने आफन्तको सहयोग प्राप्त हुनेछ। बौद्धिक व्यक्तिहरूसँगको भेटघाटले नयाँ कामको योजना बनाउन मद्दत पुग्नेछ।

मकर मकर राशिका लागि आजको दिन सामान्य छ। सञ्चित धन खर्च हुनुका साथै स्वास्थ्यमा केही समस्या देखिन सक्छ। अरूलाई असीमित विश्वास गर्दा धोका हुन सक्ने भएकाले सतर्क रहनुहोला। पूर्व दिशाको लामो यात्रा आज नगर्नु राम्रो हुन्छ।

कुम्भ कुम्भ राशि हुनेहरूका लागि आजको दिन निकै राम्रो छ। सोचेका कामहरू बन्नाले मन प्रसन्न रहनेछ। साथीभाइसँगको भेटघाटले नयाँ योजना बनाउन प्रोत्साहन मिल्नेछ भने मिहिनेतको उचित फल प्राप्त हुनेछ।

मीन मीन राशिका लागि आजको दिन केही चुनौतीपूर्ण वा सामान्य रहनेछ। शत्रुहरू बढ्न सक्ने र काममा असन्तुष्टि पैदा हुनसक्ने भएकाले राजनीतिबाट टाढा रहनु नै श्रेयस्कर हुनेछ। यद्यपि दाम्पत्य जीवन भने सुखमय बित्नेछ।