विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । उनलाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको बताए । उनले भने, ‘साइबर ब्युरोको अनुरोधमा पक्राउ गरेका हौँ । आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने छ ।’
उनकाविरुद्ध ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ । एक कार्यक्रमका सिलसिलामा दाहाल मोरङ पुगेका थिए । उनलाई जहाजबाट काठमाडौं पठाउने तयारी भइरहेको एसपी कटुवालले बताए ।