गुडिरहेको माइक्रोमा लाग्यो आगो

गुडिरहेको माइक्रोमा लाग्यो आगो

बर्दिया । बर्दियामा गुडिरहेको माइक्रोमा आगलागी भएको छ। बर्दियाको बारबर्दिया नगरपालिका-७ रम्मापुर ५ नम्बर चोकस्थित महेन्द्र राजमार्गमा कोहलपुरबाट कैलाली जाँदै गरेको सु.प. प्र ०१-००२ ज ४३३ नम्बरको माइक्रोमा गुडिरहेको अवस्थामै आगो लागेको हो।

माइक्रोमा चालक र सहचालक मात्रै रहेको र कुनै मानवीय क्षति नभएको बर्दिया प्रहरीले जनाएको छ। आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो। माइक्रोमा रहेको कागजपत्र र ४२ हजार रूपैयाँ जलेको छ।

गाडीमा लागेको आगो निभाउन ठाकुरबाबा नगरपालिकाको दमकल परिचालन गरिएको छ।

छुटाउनुभयो कि ?