मेष दिन सामान्य रहनेछ। नयाँ व्यापार-व्यवसाय सुरु गर्न आज उपयुक्त समय छैन। कुनै कार्य पूरा गर्न अरूको मद्दत लिनुपर्नेछ। बौद्धिक व्यक्तिहरूसँगको भेटघाटले नयाँ कामको मार्ग प्रशस्त गर्नेछ। साथीभाइसँग कुराकानी गर्दा सतर्कता अपनाउनुहोला।
वृष आजको दिन शुभ छ। सञ्चित धन खर्च भए पनि तय गरिएका योजनाहरू सफल हुनेछन्। आज बनाइएका योजना दीर्घकालीन रूपमा लाभदायक रहनेछन्। धार्मिक व्यक्तित्वहरूसँगको सहकार्यले मनमा शान्ति मिल्नेछ। परिवारमा संयमित भएर थोरै बोल्नु हितकर हुनेछ।
मिथुन आजको दिन निकै उत्तम छ। विशिष्ट व्यक्तिहरूको मार्गदर्शनले मानसिक तनाव दूर हुनेछ। दाजुभाइबाट पूर्ण साथ र सहयोग प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। पारिवारिक वातावरण सुखद् र शान्त रहनेछ।
कर्कट दिन अत्यन्तै सकारात्मक छ। धार्मिक कार्यबाट दिनको सुरुवात गर्दा राम्रो हुनेछ। आफन्तहरूबाट सोचेजस्तै सहयोग मिल्नुका साथै अधुरा कामहरू पूरा हुनेछन्। शैक्षिक क्षेत्रका व्यक्तिहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ।
सिंह दिन सामान्य रहनेछ। काँधमा नयाँ जिम्मेवारी थपिनेछ। कृषि क्षेत्रमा गरिएको लगानीबाट लाभ मिल्नेछ। सोचेका कामहरू समयमा नबन्दा मन खिन्न हुन सक्छ। आफन्तबाट सतर्क रहनुहोला। प्रेम सम्बन्धमा केही असमझदारी बढ्ने योग छ।
कन्या आजको दिन राम्रो छ। शारीरिक बलभन्दा बुद्धिको प्रयोग गरेर काम गर्दा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा गरिएका प्रयासहरू सार्थक हुनेछन्। उत्तरतातर्फको यात्रा स्थगित गर्नु उचित हुनेछ। दिनको सुरुवात धार्मिक गतिविधिबाट गर्दा लाभ मिल्नेछ।
तुला दिन सामान्य छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षामा गरिएको लगानीले प्रगति दिलाउनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। साथीभाइको राम्रो सहयोग मिल्नेछ।
वृश्चिक आजको दिन फलदायी छ। आफ्ना प्रतिभा प्रदर्शन गर्ने उपयुक्त अवसर मिल्नेछ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो नाफा हुनेछ। आफन्त भन्दा बाहिरका व्यक्तिहरूबाट प्रशंसा पाइनेछ। यद्यपि, पारिवारिक क्षेत्रमा केही तनाव उत्पन्न हुन सक्छ।
धनु आजको दिन शुभ छ। तपाईंको बोलीको प्रभावले रोकिएका कामहरू सहजै बन्नेछन्। आफ्ना विचारहरू निर्धक्क भई व्यक्त गर्नुहोला। विपक्षीहरूले समेत तपाईंको कामको प्रशंसा गर्नेछन्। परिवारको पूर्ण साथ रहनेछ।
मकर दिन सामान्य रहनेछ। कुराकानी गर्दा विचार पुर्याउनुहोला। व्यापार-व्यवसाय स्थिर रहनेछ भने खर्चमा वृद्धि हुनेछ। अध्ययनमा अलि बढी मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ। राजनीतिमा जोस-जाँगर बढ्नेछ।
कुम्भ आर्थिक दृष्टिकोणले आजको दिन उत्तम छ। स्वास्थ्य स्थितिमा सुधार आउनेछ। अनावश्यक तर्कवितर्कबाट टाढै रहनुहोला। दान-पुण्यबाट दिनको सुरुवात गर्दा सफलता मिल्नेछ। प्रेम सम्बन्ध झन् मधुर बन्दै जानेछ।
मीन आजको दिन सकारात्मक छ। मनमा नयाँ उत्साह थपिनेछ। साथीभाइसँग व्यवहार गर्दा नम्र हुनुहोला। स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।